सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्करपियो त्रिशुलीमा खस्दा सात घाइते

२०७८ पुष ३०, ०७:४० रासस

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खस्दा सात घाइते भएका छन्। नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्करपियो अन्दाजी ६ः०० बजेतिर खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओप्रसाद अधिकारीका अनुसार सवारी चालकसहित घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै छ । दुर्घटनाको कारण खुलेको छैन।
 

कमेन्ट लोड गर्नुस