सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आज २५२ जनामा कोरोना पुष्टि, १८० जना भारतबाट आएका थिए

२०७८ पुष ३०, ०६:५४ खबर संवाददाता

धनगढी : कैलालीमा आज २ सय ५२ जनामा कोरोना पुष्टि भएको छ। आज पुष्टि भएका २ सय ५२ जनामध्ये १८० जना भने त्रिनगर–गौरीफन्टा नाकाबाट स्वदेश फर्केका नागरिक हुन्।

जिल्लामा पछिल्लो २४ घण्टामा ८६२ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। सुदूरपश्चिममा भने आज तीन सय ८३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने क्रम जारी छ।

सो क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेसनमा राख्ने गरिएको छ। लक्षण नभएर पनि संक्रमण पुष्टि भएका र एन्टिजेन परीक्षण नेगेटिभ आएका नागरिकलाई भने सिधै घर पठाउने गरिएको छ।

कमेन्ट लोड गर्नुस