AP-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

AP-Logo-Ad
२०७८ माघ ११, मङ्गलवार १०:०५
Jan 25 2022, Tuesday
10:05:41 PM

सुदूरपश्चिममा थपिए ३८३ संक्रमित, २६७ जनालाई नाकामै पुष्टि

विज्ञापन
खवर संवाददाता
२०७८ पुष ३० ०५:५०
अ+

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज तीन सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार ७३ जनाको पीसीआरमार्फत र तीन सय १० जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। 

आज दुई हजार ३१ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका तीन सय ८३ जनामध्ये दुई सय ६७ जना आजै भारतबाट आएका नागरिक हुन्।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १८०, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ८६ र जुलाघाटबाट फर्केका एक जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका नाका भएर आज एक हजार ७९८ नेपाली स्वदेश फर्केका छन्। भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने क्रम जारी छ।

सो क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेसनमा राख्ने गरिएको छ। लक्षण नभएर पनि संक्रमण पुष्टि भएका र एन्टिजेन परीक्षण नेगेटिभ आएका नागरिकलाई भने सिधै घर पठाउने गरिएको छ। 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad