सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ६०६ मतगणना हुँदा बलायरको प्यानल नै अगाडि (मतसहित)

२०७८ मंसिर १९, ०७:१२ खबर संवाददाता

धनगढी : नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत जारी मतगणनामा संस्थापन पक्षका वीरबहादुर बलायरको प्यानल नै अगाडि छ। बलायर प्यानलले सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै गएको छ।

६ सय मतगणना गर्दा सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर २४१ पुगेको छ। बलायरको ४१४ मत र इतर पक्षका मिश्रको १७३ मत रहेको छ।

उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह-महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।

जम्मा खसेको मत : १००३
मतगणना : ६०६
सभापति 
वीरबहादुर बलायर -४१४
नारायणदत्त मिश्र -१७३   
उपसभापति 
गोपाल सिंह गुरुङ -१६९
जनकराज चौधरी -३७४
मानबहादुर रावल -१५८
लोकराज अवस्थी -३२७
हिमबहादुर रावल -७२
महामन्त्री 
नरनारायण शाह मनु -३८१
प्रताप गुर्धामी-१२९
मेघराज खड्का -३९३
रामबहादुर शाही -१९८
सहमहामन्त्री 
गोपालदत्त भट्ट-३३७
चिन्तामणि भट्ट -३२६
नरेन्द्रप्रसाद भट्ट-१३७
पदमराज पन्त -१४६
लक्ष्मणबहादुर शाही - ९८
हर्कबहादुर स्वार-५१
सहमहामन्त्री (महिला) 
अम्बिकाकुमारी चलाउने-४१७
खिना भण्डारी -१३८ 

कमेन्ट लोड गर्नुस