सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाले दिए बधाई

२०७८ मंसिर १९, ०७:१० खबर संवाददाता

काठमाडौँ : राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। सुरूदेखि नै मतगणनामा अग्रता लिएका लिङ्देन अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी नै छ। यस्तै अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन्। थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना।’

कमेन्ट लोड गर्नुस