सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश अधिवेशन : ५०५ मतगणना, कसको कति मत ?

२०७८ मंसिर १९, ०५:५७ खबर संवाददाता

धनगढी : नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत जारी मतगणनामा संस्थापन पक्षका वीरबहादुर बलायरले सुरुवातदेखि नै लिएको अग्रता कायमै छ।

उनले मतान्तर पनि फराकिलो बनाउँदै गएका छन्। ५ सय मतगणना गर्दा सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर १९३ पुगेको छ। बलायरको ३४२ मत र इतर पक्षका मिश्रको १४९ मत रहेको छ।

उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह-महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।

जम्मा खसेको मत : १००३
मतगणना : ५०५
सभापति 
वीबहादुर बलायर -३४२
नारायणदत्त मिश्र -१४९   
उपसभापति 
गोपालसिंह गुरुङ -१३४
जनकराज चौधरी -३२०
मानबहादुर रावल -१२७
लोकराज अवस्थी -२७७
हिमबहादुर रावल -५६
महामन्त्री 
नरनारायण शाह मनु -३२१
प्रताप गुर्धामी-१०९
मेघराज खड्का -३२९
रामबहादुर शाही -१६२
सहमहामन्त्री 
गोपालदत्त भट्ट-२८४
चिन्तामणि भट्ट -२७४
नरेन्द्रप्रसाद भट्ट-१११
पदमराज पन्त -१२८
लक्ष्मणबहादुर शाही - ८२
हर्कबहादुर स्वार-४०
सहमहामन्त्री (महिला)
अम्बिकाकुमारी चलाउने-३४४
खिना भण्डारी -११८

कमेन्ट लोड गर्नुस