सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा महाधिवेशन : एक हजार ५० मत गन्दा लिङ्देनको ८५ मतको अग्रता

२०७८ मंसिर १९, ०५:४३ खबर संवाददाता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ।

निर्वाचन समितिका अनुसार एक हजार ५० मत गणना गरिँदा अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देनले ५१६ र उनका प्रतिस्पर्धी कमल थापाले ४३१ मत पाएका छन्। १०३ मत बदर भएको छ। कुल चार हजार ४६९ मतदाता रहेकोमा विद्युतीय भोटिङ मेसिनले तीन हजार ८७३ मत खसेको देखाएको निर्वाचन समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस