सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश अधिवेशन : मतान्तर फराकिलो बनाउँदै बलायर, कसको कति मत ?

२०७८ मंसिर १९, ०५:०० खबर संवाददाता

धनगढी : नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत जारी मतगणनामा संस्थापन पक्षका वीरबहादुर बलायरले मतान्तर  फराकिलो बनाउँदै गएका छन्। ४ सय मतगणना गर्दा सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर १४९ पुगेको छ।

बलायरको २७२ मत र इतर पक्षका मिश्रको १२३ मत रहेको छ। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोगराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह-महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।
जम्मा खसेको मत : १००३
मतगणना : ४०४
सभापति 
वीरबहादुर बलायर -२७२
नारायणदत्त मिश्र -१२३    
उपसभापति 
गोपालसिंह गुरुङ -१०४
जनकराज चौधरी -२६१
मानबहादुर रावल -९९
लोकराज अवस्थी -२३४
हिमबहादुर रावल -३९
महामन्त्री 
नरनारायण शाह मनु -२५८
प्रताप गुर्धामी-८६
मेघराज खड्का -२७१
रामबहादुर शाही -१३०
सहमहामन्त्री 
गोपालदत्त भट्ट-२४१
चिन्तामणि भट्ट -२२५
नरेन्द्रप्रसाद भट्ट-८६
पदमराज पन्त -१०१
लक्ष्मण बहादुर शाही - ६६
हर्कबहादुर स्वार-२९
सहमहामन्त्री (महिला)
अम्बिका कुमारी चलाउने-२८४
खिना भण्डारी -९१

कमेन्ट लोड गर्नुस