सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश अधिवेशन : २०२ मतगणना हुँदा देउवा समूहका बलायरको अग्रता

२०७८ मंसिर १९, ०४:२९ खबर संवाददाता

धनगढी : नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत जारी मतगणनामा संस्थापन पक्षका वीरबहादुर बलायरले सुरुवाती अग्रता लिएका छन्।

सभापतिमा बलायरको १४० मत र इतर पक्षका नारायणदत्त मिश्रको ५७ मत रहेको छ भने ३ मत बदर भएको छ ।  उपसभापतिमा गोपाल गुरुङको ५७, जनकराज चौधरी १२६, माबहादुर रावलको ४७, लोगराज अवस्थीको १२० र  हिमबहादुर रावलको १९ मत रहेको छ। चौधरी र अवस्थी देउवा समूहका हुन्। 

यस्तै देउवा पक्षका महामन्त्रीका उम्मेदवार नरनारायण शाहको १३१ र मेघराज खड्काको १४१ तथा पौडेल पक्षका रामबहादुर शाहीको ६० र प्रताप गुर्धामीको ४७ मत छ। सह-महामन्त्रीमा गोपालदत्त भट्टको १२३, चिन्तामणी भट्टको ११८, नरेन्द्रप्रसाद भट्टको ४७, पदमराज पन्तको ५०, लक्ष्मणबहादुर शाहीको २५, हर्कबहादुर स्वारको १८, अम्बिका कुमारी चलाउनेको १४०, खिना भण्डारीको ४३  मत छ।

कमेन्ट लोड गर्नुस