AP-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

AP-Logo-Ad
२०७८ माघ ११, मङ्गलवार १०:३७
Jan 25 2022, Tuesday
10:37:47 PM

कोरोना विरुद्धको दुई करोड खोपको मात्रा मौज्दात छ : मन्त्री खतिवडा

विज्ञापन
रासस
२०७८ मंसिर १८ ०९:२७
अ+

काभ्रेपलाञ्चोक: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताए। उनले दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो खोप लगाउन आग्रह गरे। नेकपा एकीकृत समाजवादी रोशी गाउँपालिका–६ को वडा भेलालाई आज सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गरेका हुन्।

मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताए। “कोरोनाको तेस्रो लहरको जोखिम बढिसक्यो, स्वास्थ्य मापदण्ड कायमै राख्नुस्, अनि खोप अनिवार्य लगाउनुहोला”, उनले भने।  मन्त्री खतिवडाले हालसम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आगामी पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताए। उनले भने, “खोप जत्ति पनि उपलब्ध भएकाले लगाउन स्वास्थ्य केन्द्र जान सबैमा आग्रह गर्छु।” 
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad