सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली काँग्रेसकाे सभापतिमा निधिको उम्मेदवारी घोषणा

२०७८ मंसिर ९, ०३:२१ खबर संवाददाता

काठमाडौँः नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार उनले पत्रकार सम्मेलन गरी आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

घोषणा गर्दै निधिले भने, ‘लोकतन्त्र प्राप्तिका लागि विगतका सङ्घर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृङ्खला अनुभव गरेको छु। विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु।’

कमेन्ट लोड गर्नुस