सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु : मृतकको पहिचान खुल्यो

२०७८ मंसिर ९, ०१:५५ खबर संवाददाता

धनगढीः कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको हो। 

उनलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको जिल्लाको लम्की बजारमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ। 

यस्तै स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ। लम्की बजार पनि बन्द गरिएको छ। यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस