सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच देशका राजदूतले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस गरे

। फोटो स्रोत ।
२०७८ मंसिर ८, ०९:१४ खबर संवाददाता

काठमाण्डौ– राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवनमा आज बुधवार दिउँसो आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्युजिल्यान्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

सिङ्गापुरका राजदूत सिमोम ओङ विइ कुएन, न्युजिल्यान्डका डेभिड ग्रेगोरी पाइन, होली सीका लियोपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका राजदूत डानिला सेजोनोभ टानेले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो। 
 

कमेन्ट लोड गर्नुस