H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०८:१९
Dec 05 2021, Sunday
08:19:29 AM

धनगढीमा एकल महिलालाई स्वरोजगार तालिम

विज्ञापन
खवर संवाददाता
२०७८ कार्तिक ११ ११:१६
अ+

धनगढीः धनगढीमा एकल महिलाका लागि स्वरोजगार तालिम सुरु भएको छ। कैलालीका २५ जना एकल महिलाका लागि एक महिनासम्म हाते होजियारीको तालिम बुधबारदेखि सुरु भएको हो। 

सुदूरपश्चिम प्रदेश स्वरोजगार कोषको आर्थिक सहयोगमा ए एण्ड ए इन्जिनियरिङ कन्सल्टेन्सीले तालिमको आयोजना गरेको हाे। बुधबारदेखि सुरु भएको तालिममा विपन्न परिवारका एकल महिलाहरु सहभागि रहेको ए एण्ड ए इन्जिनियरिङ कन्सल्टेन्सी कार्यकारी निर्देशक चन्द्रदेव भट्टले बताए।

‘४ वर्षसम्म सुदूरपश्चिम प्रदेश सरकारले एकल महिलालाई अत्मनिर्भर बनाउने काम गरेको देखिएन,’ उनले भने, ‘वेसाहराको साहरा बन्नका लागि हामीले प्रदेश स्वरोजगार कोषसँग समन्वय गरेर एक महिने तालिम सञ्चालन गर्दछौ।’

तालिममा सहभागि २५ जनालाई ३० दिनसम्म प्रशिक्षकले हाते होजियारीका अभ्यास गराउने छन्। तालिमपछि उनीहरुलाई प्रमाण पत्र समेत उपलब्ध गराउने ए एण्ड ए इन्जिनियरिङ कन्सल्टेन्सीले जनाएको छ।

तालिम पश्चात आफ्नै उद्योग सञ्चालन गर्नेलाई सहयोगसमेत गर्ने कन्सल्टेन्सीका कार्यकारी निर्देशक भट्टले बताए। हाते होजियारी तालिमको उद्धघाटन बुधबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री तारालामा तामाङले गरेका हुन्। 
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad