सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु

२०७८ कार्तिक ११, ११:०६ खबर संवाददाता

काठमाडौं: स्कुल बसबाट खसेर पोखरामा एक विद्यार्थीको मृत्यु भएको छ। पोखरा २५ हेमजामा रहेको ज्ञानसागर एकेडेमीमा अययनरत ८ वर्षीय रोमन तामाङको बसबाट खसेर मृत्यु भएको हो। स्कुलबाट घर जाने क्रममा उनी ढोकाबाट खसेका हुन्। दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

विद्यालय प्रशासनले मृतकको परिवारलाई १० लाख दिने सहमति भएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस