सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुदूरपश्चिमका नागरिकलाई सस्तोमा हवाई सेवा दिन नयाँ जहाज खरिद गर्छाैं’

२०७८ कार्तिक ११, ०९:१२ खबर संवाददाता

धनगढीः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका १६ सय कर्मचारीलाई काम दिन र दुर्गमका नागरिकलाई सस्तो हवाई सेवा प्रदान गर्न नयाँ जहाज खरिद गरिने बताएका छन्।

दिनेशखबरको नागरिक सवालमा कुराकानी गर्दै मन्त्री आलेले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित सेवा दिन नयाँ ट्वीनअटर र एटीआर विमान खरिदको योजना रहेको बताए। ‘सुदूरपश्चिमका नागरिकलाई सस्तोमा हवाई सेवा दिन नयाँ जहाज खरिद गर्छाै,’ आलेले भने।

धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ आफू पर्यटनमन्त्री भएको बताउँदै उनले चार वर्षभित्र गेटामा सबै काम गरिसक्ने हिसावले योजनाको मोडेल अगाडि बढाउने बताए।

अहिले नेपाल वायुसेवा निगमले सुदूरपश्चिममा नियिमत उडान भर्न जहाज नै नभएकोले समस्या भएको मन्त्री आलेले बताए। नेपाल वायुसेवा निगमसँग थन्किएको अवस्थामा रहेका र पुराना जहाजको उचित व्यवस्थापन गरेर न्यारोवडी ट्वीनअटर विमानमार्फत नियमित उडान भर्ने वातावरण निर्माण गर्ने मन्त्री आलेले दाबी गरे।

महेन्द्रनगरको मझगाउँ विमानस्थल पनि दुई वर्षभित्र सञ्चालनमा ल्याउने तथा गोकुलेश्वर विमानस्थलसहित अछामको साँफेबगर, कमलबजार र डोटी विमानस्थलको स्तरोन्नतीको कामसमेत गर्ने मन्त्री आलेले बताए।

कमेन्ट लोड गर्नुस