H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०७:१४
Dec 05 2021, Sunday
07:14:17 AM

तालिबानहरुसँगको भेटवार्ता लाभदायक: चिनियाँ विदेशमन्त्री

विज्ञापन
२०७८ कार्तिक ११ ०५:५२
अ+

दोहा: चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन्। अफगानितस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग उनले भेटवार्ता गरेका थिए। सो भेटले आपसी विश्वासमा बृद्धि भएको जानकारी विदेशमन्त्री वाङ यीले गराएका छन्।

विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्रीसँग कतारको राजधानी दोहामा भेटवार्ता गरेका थिए। उनले मंगलबार भएको भेटमा द्धिपक्षीय भेटका क्रममा आपसी विश्वमा बृद्धि गर्नुका साथै कतिपय विषयहरुमा स्पष्ट रुपमा छलफल भएको थियो। सो भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ। सो भेटका क्रममा तालिबानहरुले आफ्नो सरकारको नीतिका बारेमा विदेशमन्त्री वाङ यीलाई जानकारी दिएका थिए।

अफगानिस्तानको अन्तरिम सरकारका विदेशमन्त्री अमिर खान मुतागीले अफगानिस्तानको तालिबान सरकारले देशभित्र आतंककारी गतिविधिमा निगरानी राख्ने र मानवअधिकारका पक्षमा काम गर्ने बताएका थिए। हाल अफगानिस्तानको सरकार महिला अधिकारका विपक्षमा रहेको भन्दै यसका लागि विश्व समुदायले पनि चासो राखिरहेको छ। 

यस विषयमा पनि अफगानिस्तानका विदेशमन्त्रीले स्पष्ट गरेका थिए। उनले हाल अफगानिस्तानले महिला अधिकार, बालअधिकारका साथै बालबालिकाको अवस्थाका बारेमा पनि निकै चनाखो भएर काम गरेको बताए। सिन्ह्वा  

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad