सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा डुंगा पल्टिँदा एकै परिवारका दुईजना बेपत्ता

२०७८ कार्तिक १०, ०९:२३ खबर संवाददाता

धनगढी: महाकाली नदीमा डुंगा पल्टिँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन्। बैतडीको शिवनाथ गाउँपालिका–१ कुस्मौत घाट महाकाली नदीमा डुंगा पल्टिँदा एकै परिवारका २ जना यात्रु बेपत्ता भएका हुन्। बेपत्ता हुनेमध्ये एकजनाको बुधबार साँझ शव भेटिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए। डुंगाका चालक र अन्य ३ जना यात्रु सुरक्षित रहेको प्रहरीले जनाएको छ। 

शव भेटिएकी बालिका अन्दाजी १३ वर्षीया रहेको अध्यक्ष साउदले बताए। आमाबुवा र एक बच्चाको सकुशल उद्वार भएको हो। शिवनाथ गाउँपालिका –१ कै स्थानीय उनीहरु रोजगारीको शिलशिलामा भारत जाँदै थिए। 
डुंगामा ५ जना यात्रु र ५ चालक रहेको बुझिएको जिल्ला प्रहरी प्रवक्ता दर्शन खड्काले बताए ।

 
 

कमेन्ट लोड गर्नुस