H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०७:५५
Dec 05 2021, Sunday
07:55:58 AM

सबै न्यायाधीश परिवर्तन गरेर ‘करियर जज्’नियुक्त गर्न जरोकिलो पार्टीको माग

विज्ञापन
खवर संवाददाता
२०७८ कार्तिक १० ०९:०६
अ+

धनगढी: मौलिक जरोकिलो पार्टीले सबै न्यायाधीश परिवर्तन गरेर ‘करियर जज्’लाई मात्र न्यायाधीशको रूपमा नियुक्ति गर्ने व्यवस्था नै न्यायालय सुधारको दीर्घकालीन समाधान हुने जनाएको छ। पार्टी प्रवक्ता मित्रलाल सापकोटाले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै स्वतन्त्र न्यायपालिकाको गरिमामा आघात पुग्ने गरी भइरहेको गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै न्यायाधीशहरूले गुटबन्दी गर्नु चरम अराजकता भएको पार्टीले जनाएको छ।

प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूको गुटबन्दीलाई राजनीतिक दलहरूको भागबण्डामा न्यायाधीश नियुक्ति गर्ने विकृतिको उपज हो भन्ने पार्टीले ठहर गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ। प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भागबण्डा गरेको भन्ने आरोपको आवश्यक छानबिन गरी दोषी सावित भएमा प्रतिनिधि सभाबाट महाअभियोग लगाउन सकिने प्रावधान लत्याएर न्यायाधीशको गुटबन्दी, सञ्चारमाध्यम र सडकबाट राजीनामाको लागि दबाव दिनु स्वतन्त्र न्यायपालिकामाथिको नियोजित आक्रमणको रूपमा पार्टीले लिएको जनाइएको छ ।

एकपछि अर्को नेपालका संवैधानिक अंगहरू ध्वस्त पार्दै राष्ट्रलाई असफल बनाउने चक्रव्यूह अन्तर्गत स्वतन्त्र न्यायपालिकामाथि पनि आक्रमण हुन लागेको छ। यसको समयमै समाधान गर्न नसके देश र जनताले ठूलो मूल्य चुकाउनुपर्नेछ।पार्टीका अध्यक्ष सुशील गौतमले बताए।


 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad