सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन महिनामा पाँच खर्ब वैदेशिक व्यापार

२०७८ कार्तिक १०, ०७:३७ रासस

काठमाडौँः चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ। गत आवको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेको वैदेशिक व्यापार बढेर चालू आवको सो अबधिमा पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ।

भन्सार विभागद्वारा मंगलबार जारी चालू आवको पहिलो त्रैमासिकको तथ्याङ्क अनुसार गत आवको पहिलो त्रैमासिकका तुलनामा चालू आवको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले बृद्धि भइ चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार पुगेको छ। गत आवको पहिलो तीन महिनामा रु दुई खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजारको आयात भएको थियो। तथ्याङ्कानुसार चालू आवको तीन महिनाको वैदेशिक व्यापारमा आयात–निर्यातको अनुपात ८८।०३ः ११।९७ छ।

सार्वजनिक विवरणानुसार गत आव पहिलो त्रैमासिकका तुलनामा चालू आवको पहिलो तीन महिनाको निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ। गत आवको पहिलो त्रैमासिकमा ३१ अर्ब चार करोड ६० लाख ९३ हजारको निर्यात भएकामा चालू आवमा ६५ अर्ब पाँच करोड २८ लाख ३४ हजारको निर्यात भएको छ। 

चालू आवको पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढेर चार खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार पुगेको छ । गत आवको पहिलो तीन महिनामा व्यापार घाटा रु दुई खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार थियो।  चालू आवको पहिलो तीन महिनाको कूल वैदेशिक व्यापारमध्ये निर्यातका तुलनामा आयात सात दशमलव ३६ गुणाले बढी देखिन्छ। 
 

कमेन्ट लोड गर्नुस