सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल बढी निर्यात

२०७८ कार्तिक १०, ०७:३४ रासस

काठमाडौँ: नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै  देखिएको छ। भन्सार विभागको तथ्याङ्कानुसार स्वदेबाट २२ अर्ब दुई करोड ६८ लाख ५२ हजारको भटमासको तेल निर्यात भएको छ। 

व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेका छन्। सबैभन्दा बढी निर्यात हुने वस्तुको दोस्रा नम्बरमा कच्चा पाम तेल र तेस्रोमा प्रशोधित पाम तेल छन्। सार्वजनिक विवरणानुसार चालू आवको पहिलो तीन महिनामा आठ अर्ब ४५ करोड ९८ लाख ३१ हजारको कच्चा पाम तेल र पाँच अर्ब पाँच करोड ४८ लाख ९८ हजारको प्रशोधित पाम तेल निर्यात भएको देखिन्छ।

त्यस्तै चालू आवको गत तीन महिनामा लगभग दुई अर्ब २४ करोड ७६ लाख ६६ हजार बराबरको ऊनीको गलैंँचा र झण्डै एक अर्ब ८७ करोड ५५ लाख ६९ हजार बराबरको जुटका बुनिएका कपडा तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ।
 

कमेन्ट लोड गर्नुस