सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

२०७८ कार्तिक १०, ०३:५२ खबर संवाददाता

धनगढीः धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा ११७ नमूना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ३ जनाको आइसियूमा उपचार भइरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ। यस्तै थप ६ जना संक्रमित अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

कमेन्ट लोड गर्नुस