सुदूर नेपाललाई विश्वसँग जोड्दै

केपी ओलीले प्रभु साहलाई किन बोलाए बालकोट ?

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक १०, १२:५९ खबर संवाददाता

काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ। एमाले छाडेर नेकपा ब्युँताउने तयारीमा रहेका साहलाई बुधबार बिहान अध्यक्ष ओलीले छलफलका लागि आफ्नो निवास बालकोट बोलाएका थिए। 

माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका प्रभु साह पछिल्लो समय एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका थिए। ओलीले आफ्ना ८ बुँदे मागहरु पूरा नगरेकाले एमालेमा रहन नसकिने साहको भनाइ थियो। उनले एमाले बैठक समेत बहिष्कार गर्दै आएका थिए। तर आजको छलफलमा ८ बुँदे माग कार्यान्वन गर्ने विषयमा ओलीसँग सहमति नजिक पुगेको र फेरि छलफलमा बस्ने सहमति भएको एमाले स्रोतले जानकारी दियो।

कमेन्ट लोड गर्नुस