सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसएसपीको सरुवामा सुदूरपश्चिमका कांग्रेस नेताको दबाब

२०७८ कार्तिक १०, १२:२८ खबर संवाददाता

धनगढीः काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबीच खटपट भएको छ। गृहमन्त्री बालकृष्ण खाँडले सिंहको काज सरुवा गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनको सरुवा रोकिएको हो।

गृहमन्त्रालयले सिंहको सरुवा भैरहवा विमानस्थल गरेर उनको ठाउंमा केन्द्रीय अनुसन्धान व्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई ल्याउने निर्णय गरेको थियो। तर, सुदूरपश्चिमम कांग्रेसका नेताहरुमार्फत दबाब दिएर सरुवा रोकिएको हो।गृहमन्त्रालयका एक अधिकारीले उनको सरुवा भएको दाबी गरे पनि अन्तिममा आएर रोकिएको दाबी गरेका छन्। उनी ११ महिनाअघि काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारीमा आएका थिए।

कमेन्ट लोड गर्नुस