सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुलुकको हितका लागि जसपाको उदय: नेता यादव

२०७८ कार्तिक १०, ०७:४५ रासस

लहान: जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले मुलुकको हितका लागि आफ्नो पार्टी नयाँ शक्तिको रुपमा उदय भएको बताएका छन्। 

सिरहाको मिर्चैयामा आयोजित कार्यक्रममा पूर्वमन्त्री यादवले ठूला दलहरुले मुलुकको हितमा काम गर्न नसकेकाले आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उदाएको दाबी गरे। जनताले पटक पटक मत दिए पनि पुराना दल सत्ता स्वार्थमा मात्र रमाएको आरोप लगाउँदै यादवले मुलुकको हित र जनअपेक्षाअनुरुप आफ्नो पार्टीले मात्र काम गर्नसक्ने बताए।

जसपाको जन्म नै देशलाई विकल्प दिनका लागि भएको उल्लेख गर्दै नेता यादवले जनताले जसपालाई साथ दिनुपर्ने बताए। देशको समृद्धि र सुशासनको सपना, सबै समुदाय एवं वर्गको अधिकार र पहिचान तथा वास्तविक समाजवादको सपना आफ्नो दलले मात्र पूरा गर्नसक्ने उनको भनाइ थियो।   

कमेन्ट लोड गर्नुस