सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेफ्टी ट्यांकीको गाडीले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ असोज २७, ०९:५१ खबर संवाददाता


झापाः सेफ्टी ट्यांकीको गाडीले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। झापाको भद्रपुर–४, रंगेडाँडामा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिम जाँदै गरेको मे१ख १६६३ नम्बरको सेफ्टी ट्यांकीको गाडीले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

घटनामा साइकल यात्री झापा, भद्रपुर–६ का ६० वर्षीय महेशसिंह राजवंशीको उपचार क्रममा ओम साई पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले सेफ्टी ट्यांकी चालक भद्रपुर– १० बस्ने २१ वर्षीय आमसमणी टुडुलाई नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस