सुदूर नेपाललाई विश्वसँग जोड्दै

माइक्रोबस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ असोज २७, ०८:५४ रासस

राजविराजः माइक्रोबस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। 
राजविराज–हनुमानगर सडक खण्ड अन्र्तगत सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ खाँडो नजिक आज माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

राजविराजबाट विराटनगर जादै गरेको ना १ ज ७४१८ नम्बरको माइक्रोबसले विपरित दिशाबाट आइरहेको स २ प ३४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार हनुमाननगर कङ्कालिनि नगरपालिका–१० बस्ने १६ वर्षका संम्रिधकुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भिर घाइते उनलाई उपचारको लागि विराटनगरतर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका–१० बस्ने  २२ वर्षको अरविन खङ्ग घाइते भएका छन् । उनको राजविराजस्थित गजेन्द्र नारायण सिँ अस्पतालामा उपचार भइरहेको छ । मोटरसाइकल र माईक्रोबसलाई प्रहरीले  नियन्त्रणमा लिएको र  घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस