सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसदले दशैं विदा पाए

फाइल फोटो
फाइल फोटो
२०७८ असोज २५, १०:१९ खबर संवाददाता

काठमाडौंः संघीय संसदको दुवै सदनमा दशैं विदा शुरु भएको छ। सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन्।

हिन्दु नेपालीहरुको पर्व दशैं शुरु भइसकेको अवस्थामा अब सांसदहरुले पनि दशैं विदा पाएका छन्। धेरै सांसदहरु गाउँ गइसकेकाले उनीहरु सोमबारको बैठकमा पनि उपस्थित भएका थिएनन्।

सोमबारको बैठक पनि नेकपा एमालेका सांसदहरुको विरोधका बाबजुद सञ्चालन गरिएको थियो। प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका थिए भने राष्ट्रियसभामा एमाले सांसदहरु मौन रहेर उभिएका थिए।

प्रतिनिधिसभा बैठकले सोमबार रेल्वे विधेयक २०७८ फिर्ता लिएको छ। यो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएकाले सोमबारकै राष्ट्रियसभा बैठकले विधेयक फिर्ता लिन प्रतिनिधिसभालाई सहमति दिएको थियो।

कमेन्ट लोड गर्नुस