सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीर्घ सोडारी भन्छन्ः गोदावरीमा प्रदेश राजधानी निर्माण गर्न ओली बाधक बने

२०७८ भदौ ३१, ०५:०७ खबर संवाददाता

धनगढीः नेकपा (एस) सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणमा एमाले अध्यक्ष केपी ओली बाधक बनेको बताएका छन्। आज अत्तरीयामा नेकपा (एस) को भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

गोदावरीमा प्रदेशको राजधानी बनाउन ओली बाधक बनेको उनको दाबी छ। उनले भने, ‘जग्गा प्राप्ती नहुनुमा ओली बाधक हुन्। राजधानीका लागि प्रदेश सभाबाट निर्णय भएपनि ओलीले सो निर्णय कार्यन्वयन गर्न मानेनन्।’ ओलीले जतिसुकै षड्यन्त्र गरेपनि राजधानी गोदावरीमै बनाएर छाड्ने उनको भनाई छ। 

कमेन्ट लोड गर्नुस