सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोक्न खोज्दा खोज्दै उर्लिदो भेरीमा महिलाले हाम फालेपछि...

२०७८ भदौ ३१, ०४:३३ खबर संवाददाता

धनगढीः बिहीबार बिहानदेखि कर्णालीमा वर्षा भईरहेको छ। जसले गर्दा पानीको बहाव बढ्दा भेरी नदी उर्लिएको छ। दिउँसो झण्डै साढे २ बजेतिरको समय। वीरेन्द्रनगरसँग जोडिएको भेरीको किनारमा आफ्ना कपडा, मोबाइल र चेक लगायतका सामान छोडेर एक महिला उर्लिएको भेरीमा हाम फाल्न पुगिन्।

नदीको एक किनारमा शव जलाउने ठाउँ छ। त्यहाँ काम विशेषले पुगेकी कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले टाढैबाट उनलाई रोक्न खोज्दा खोज्दै ती अपरिचित महिला नदीमा हाम फालेको बताइन्।  उनले भनिन,‘नदी किनारामा उनका  केही कागज र कपडा छन्  । प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन। प्रहरीलाई खबर गरेका छौँ।’ प्रहरीका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ। जिल्ला प्रहरी कार्यालयका  प्रहरी निरीक्षक कनक शाहीले  महिला नदीमा बेपत्ता भएको र उनी को हुन् भन्नेबारे सोधखोज भइरहेको बताए। 

कमेन्ट लोड गर्नुस