सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम पुगेर भीम रावलले भनेः मैले छुट्टै पार्टी खोलौं भनेको थिएन

२०७८ भदौ ३१, ०३:५४ खबर संवाददाता

धनगढीः नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष भीम रावलले आफूले एमाले फुटाएर छुट्टै पार्टी खोल्नुपर्ने कहिल्यै नबताएको स्पष्ट पारेका छन्। एमाले अछामको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले एमाले पार्टीमा आन्तरिक विवाद रहेका बेला समेत एमाले आफू एकताकै पक्षमा उभिएको बताएका हुन्।

आफूले पार्टी फुट आवश्यक नहुने बताउदै एकताका लागि प्रयास गरेको उनको भनाई छ। एमाले तत्कालीन नेता माधव नेपाललाई अलग पार्टी खोल्न आग्रह नगरेको र कतै नभनेको उनको दाबी छ।

कमेन्ट लोड गर्नुस