सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा १२ को उत्तरपुस्तिका टिकटकमा भाइरल बनेपछि...

२०७८ भदौ ३१, ०१:५७ खबर संवाददाता

धनगढीः कक्षा १२ को उत्तरपुस्तिका भन्दै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा एउटा भिडियो भाइरल भएको छ। भिडियोमा राष्ट्रिय परीक्षा बोर्ड लेखिएको उत्तरपुस्तिका पल्टाइरहेको देखिन्छ। विद्यार्थीलाई परीक्षामा मोबाइल राख्न नपाउने र उत्तरपुस्तिका परीक्षा हलबाहिर लैजान नपाउने व्यवस्था हुँदा पनि भिडियो कसरी बन्यो भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानबिन गर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए। ‘अब कहाँ र कसले यो भिडियो खिच्यो त्यो हामी छानबिन गर्छौं,’ उनले भने।

बोर्डले यस वर्ष प्रश्नपत्र इमेल मार्फत विद्यालयहरुमा पठाइरहेको छ। बोर्डका अनुसार इन्टरनेट नपुगेका ११३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाउने व्यवस्था गरेको छ। कोरोना संक्रमणको जोखिमका कारण दुई पटक स्थगित कक्षा १२ को परीक्षा बुधबारदेखि शुरु भएको हो। चार हजार ३१५ परीक्षा केन्द्रमा पौने चार लाख परीक्षार्थी सहभागी रहेको बोर्डले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस