सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेम आलेको गृहजिल्ला पुगेर भीम रावलले भनेः माधवको पार्टीको विधान तयार पारेको हाईन

२०७८ भदौ ३१, ०१:२८ खबर संवाददाता

धनगढीः नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूले माधव नेपाल नेतृत्वको पार्टीको विधान मस्यौदा तयार नपारे बताएका छन्। पार्टीको विधान मस्यौदा तयार पारेको भनेर बाहिर भएको हल्लामा कुनै सत्यता नभएको उनले स्पष्ट पारेका हुन्। डोटी पुगेर नेता तथा कार्यकर्तासँग उनले यस्तो बताएका हुन्।

यस्तै उनले आफू कहिल्यैपनि पार्टी विभाजनको पक्षमा नरहेको भन्दै बरु एकताको लागि अधिकतम प्रयास गरेको बताएका छन्। आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको पनि उनको भनाई छ। डोटी माधव नेपाल नेतृत्वको नेकपा (एस) का प्रभावशाली नेता मानिएका प्रेम आलेको गृहजिल्ला हो।

कमेन्ट लोड गर्नुस