सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटनामा वडा सदस्यको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ ३१, १२:५६ खबर संवाददाता

धनगढीः त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा बुधबार राति भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नम्बर १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ।

पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नम्बरको ट्रक बुधबार राति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दुर्घटना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिए।

ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उनको घटनास्थलमै मृत्यु भएको र चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको उनको भनाई छ।

कमेन्ट लोड गर्नुस