सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा भएको परीक्षणमा थप १४ जनामा देखियो कोरोना

२०७८ भदौ ३१, ११:४५ खबर संवाददाता

धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बिहीबार थप १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७३ जनाको कोरोना परीक्षण गरिएकोमा १४ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। 

हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन्। जसमध्ये ८ जनाको आइसीयूमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ। 

कमेन्ट लोड गर्नुस