सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ३ पत्रकारलाई प्रेस काउन्सिलले पुरस्कृत गर्ने

२०७८ भदौ ३१, १०:४६ खबर संवाददाता

धनगढी: प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। काउन्सिलको वार्षिकोत्वसका अवसरमा विभिन्न विधामा ३५ पत्रकारलाई पुरस्कृत गर्ने भएको हो।

जसमा सुदूरपश्मिका ३ जना पत्रकार रहेका छन्। कैलालीका लक्की चौधरी, तिर्थ जैसी र डडेल्धुराका करन ताम्राकारलाई काउन्सिलले पुरस्कार प्रदान गर्न लागेको हो।

चौधरीलाई प्रेस थारु भाषागत पत्रकारिता पुरस्कार, जैसीलाई युवा पत्रकार पुरस्कार र ताम्राकारलाई समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिने प्रेस काउन्सिलले जनाएको छ। 

पत्रकार चौधरी कैलालीबाट प्रकाशन हुने हमार पहुरा थारु दैनिकका प्रकाशक सम्पादक र हमार पहुरा डटकमका संस्थापक सम्पादक हुन्। हाल उनी गोरखापत्रमा पनि आवद्ध रहेका छन्। यस्तै जैसी हाइवे टाइम्स पत्रिकाका प्रधान सम्पादक र रेडियो लम्की एफएमका हुन् भने पत्रकार ताम्राकार नयाँ पत्रिका दैनिक र राससका डडेल्धुरा संवाददाता हुन्। 

कमेन्ट लोड गर्नुस