सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ ३१, १०:२४ खबर संवाददाता

धनगढी : आज बेलुका सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

पानी पार्ने मनसुनी न्यूनचापीय रेखाको प्रभावका कारण बेलुका सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। 

दिउँसो भने मौसम आंशिकदेखि सामान्य बद्ली भएर सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ। 

भोलि र पर्सिको मौसम पनि यस्तै रहने अनुमान छ। अबको केही दिन लगातार ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   

कमेन्ट लोड गर्नुस