सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले कब्जा गर्न खोजिएको थियो, कार्यकर्ताले जोगाएः ओली

२०७८ भदौ ३०, ०५:०३ खबर संवाददाता

काठमाडौँः एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई देशभरीका कार्यकर्ताले जोगाएको बताएका छन्। उनले पार्टी ध्वस्त र समाप्त गर्न खोज्नेहरूबाट कार्यकर्ताले जोगाएको बताएका हुन्। 

बुटबलमा आयोजित कार्यकर्ता भेलामा ओलीले मुलुकलाई नेतृत्व गर्ने पार्टी ध्वस्त गर्न खोजिएको बताएका हुन्। 'यो पार्टी ध्वस्त पार्न लागिएको थियो, समाप्त पार्न लागिएको थियो, कब्जा गर्न खोजिएको थियो। केही बच्यो भने प्रतिक्रियावादीहरूको पाउमा चढाउन खोजिएको थियो,' उनले भने, 'देशभरीका कार्यकर्ताहरूले पार्टी जोगाउनुभएको छ।'

एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिस्ट आन्दोलन सफल हुने ओलीको दाबी थियो। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्वबिना नहुने उनको भनाइ थियो।

कमेन्ट लोड गर्नुस