सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोसपाको सदस्यता वितरण अभियान, महन्थले लिए १० रुपैयाँ तिरेर पहिलो सदस्यता

२०७८ भदौ ३०, ०४:०९ खबर संवाददाता

धनगढीः लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सदस्यता वितरण अभियान सुरु गरेको छ। महन्थ ठाकुर नेतृत्वको लोसपाले मंगलबारदेखि सदस्यता वितरण अभियान सुरु गरेको हो। जनता समाजवादी पार्टी ९जसपा० फुटाएर नयाँ पार्टी गठन गरेका ठाकुरले १० रुपैयाँ तिरेर लोसपाको पहिलो सदस्यता लिएका छन्।

अध्यक्ष ठाकुरलाई लोसपाकै ज्येष्ठ नेता सर्लाहीका प्रदीप नारायण यादवले सदस्यता प्रदान गरेका थिए। त्यसपछि अध्यक्ष ठाकुरबाट वरिष्ठ नेता राजेन्द्र महतो, वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झाले सदस्य प्राप्त गरेका छन्। हाललाई साधारण सदस्यता लिएका उनीहरुले केही दिनमै सक्रिय सदस्यता लिने कार्यालय सचिव प्रदीप पाठकले बताए। लोसपामा १० रुपैयाँ तिरेर फारम भरेपछि मात्र पछि सक्रिय सदस्यता पाइनेछ। सक्रिय सदस्यताका लागि भने ५० रुपैयाँ तोकिएको छ।

कमेन्ट लोड गर्नुस