सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्ड भन्छन्ः अब आफैलाई गाली गरौँ, अरूलाई होइन

२०७८ भदौ ३०, १२:१४ खबर संवाददाता

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्ताहरूले अब आफैंले आफैंलाई गाली गर्नुपर्ने बताएका छन्। बुधबार स्व नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को सातौं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी पुनःनिर्माणको महान अभियानमा लागेकाले अब अरुलाई गाली गर्न छाडेर आफैंलाई गाली गर्नुपर्ने अबस्था आएको बताएका हुन्।

‘हामी पार्टी पुनःनिर्माणको महान अभियानतिर जान खोजेका छौ। विगत ८, १० वर्ष अरुलाई गाली गरेर बितायौँ। अब आफैलाई गाली गरौ, म सच्चिनुपर्छ भन्तेतिर लागियो भने पार्टी बदलिन्छ’ प्रचण्डले त्यसो गर्न सके आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउन सकिने धारणा राखे।

‘आउने निर्वाचनमा हेर्नुहोला, केन्द्रीय समितिबाट हामीले जुन संकल्प गरेका छौ, विचार, सिद्धान्त र संगठन बनाउने त्यो अनुसार हिँडियो भने फेरि एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन र हामीले देशको नेतृत्व गर्ने स्थिति बन्छ’ प्रचण्डको भनाइ छ।  उनले विगत १५ वर्षमा पार्टीबाट सय जना मन्त्री बनेको र त्यसतिर बढी ध्यान गएको भन्दै अब पार्टी निर्माणमा ध्यान केन्द्रीत गर्ने बेला भएको बताए। 

कमेन्ट लोड गर्नुस