सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्डले भनेः आगामी निर्वाचनमा माओवादी केन्द्र नै पहिलो पार्टी

२०७८ भदौ ३०, १२:०५ खबर संवाददाता

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दोहोर्‍याएका छन्।

बुधबार पोस्टबहादुर बोगटीको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले अब आफूहरूले देशको नेतृत्व गर्ने अवस्था आउन सक्ने बताए। उनले पार्टीका नेताहरूमा पद र प्रतिष्ठाप्रति लालच, व्यक्तिगत स्वार्थ, गुट बनाउने प्रवृति विकास हुँदै गएको बताए। माओवादी पनि अरू बुर्जुवा पार्टीजस्तै बन्ने दिशातिर गएको उनले उल्लेख गरे।

“अहिले पनि माओवादी केन्द्र देशको सर्वाधिक पार्टी हो। यसको तुलना अरूसँग हुन सक्दैन,” उनले भने। उनले संविधान संशोधनका लागि आवश्यक परे सडकमा जाने पनि बताए। “जरुरी पर्‍यो भने सडकमा जानुपर्ने पनि हुनसक्छ,” उनले भने। संविधान बनाउँदा नै आफूले निर्वाचन प्रणाली, शासकीय स्वरूपका विषयमा ‘नोट अफ डिसेन्ट’ राखेको उनले स्मरण गरे।

कमेन्ट लोड गर्नुस