H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ भदौ ३१, बिहिवार ०३:४६
Sep 16 2021, Thursday
03:46:26 PM

आफैँले स्थापित गरेको अभ्यासबमोजिम चल्नुहोस्: उपनेता नेम्वाङ

विज्ञापन
रासस
२०७८ भदौ ३० ०५:५८
अ+

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफैँले स्थापित गरेको अभ्यास र कानूनअनुसार चल्न सभामुख अग्निप्रसाद सापकोटालाई अनुरोध गरेका छन्।

पार्टीका नेता कसलाई कारबाही गर्न हुन्छ र कसलाई कारबाही गर्न हुँदैन भन्ने कुरा सभामुखको अधिकार क्षेत्रभित्र नभएको जिकिर गर्दै उपनेता नेम्वाङले सभामुखले कसैप्रति भेदभाव गर्न नहुनेमा जोड दिए। नेकपा (एमाले)ले पार्टीको ह्वीप उल्लङ्घन गर्ने १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता नेम्वाङले सभामुखलाई स्थापित अभ्यासबमोजिम चल्न आग्रह गरे।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad