सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब राजपत्र सुदूरपश्चिममै छापिने

२०७८ साउन १८, ११:०२ खबर संवाददाता

धनगढी: चालु आर्थिक वर्षदेखि प्रदेश सरकारले प्रकाशन गर्ने राजपत्रको छपाइ सुदूरपश्चिममै हुने भएको छ।

प्रदेश सरकारले प्रकाशित गर्ने राजपत्र विगतमा काठमाण्डौंमा छाप्नुपर्ने बाध्यता रहेकोमा अब निर्माण हुने कानून भने सुदूरपश्चिम सरकारले आफैं छाप्ने भएको हो। आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले यो हप्ताभित्रै प्रदेशको कानून मन्त्रालयमा राजपत्र छपाइ गर्ने मेसिन जडान गरिसक्ने बताएकी छन्।

त्यसपछि भने काठमाण्डौं गएर राजपत्र छाप्नुपर्ने बाध्यता हट्ने बताइएको छ। सरकारले निर्माण गर्ने कानून राजपत्रमा प्रकाशित गर्नुपर्ने नियम छ, तर सुदूरपश्चिम प्रदेशमा राजपत्र छपाइ गर्ने मेसिन नहुँदा काठमाण्डौं गएर छाप्नुपर्ने बाध्यता थियो। 
 

कमेन्ट लोड गर्नुस