सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना बढेको भन्दै लाइसेन्सको परीक्षा स्थगित

२०७८ साउन १८, १०:५९ खबर संवाददाता

धनगढीः कोरोना बढेको भन्दै सवारी चालक अनुमति पत्र लाइसेन्सको सबै परीक्षा स्थगित गरिएको छ। साउन ११ गते प्रकाशित गरिएको सूचना अनुसार सञ्चालन हुने भनिएको सवारी चालक अनुमति पत्र लाइसेन्सको परीक्षा (ट्रायल) स्थगित गरिएको हो। 

परीक्षा समितिका पदाधिकारीहरुको बैठकले कोरोना बढ्दै गएपछि ट्रायल स्थगित गर्ने निर्णय गरेको यातायात व्यवस्था कार्यालय धनगढीले जारी गरेको सूचनामा उल्लेख छ। अर्को सूचना जारी नहुँदासम्म ट्रायल सञ्चालन नहुने यातायात व्यवस्था कार्यालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस