सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाका ज्योतिषीले दिए चेतावनी

२०७८ साउन १८, ०९:५५ खबर संवाददाता

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाबारे सात पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिषी सुरेश चन्द्र रिजालले चेतावनी दिएका छन्। हजारौं बर्षअघि लेखिएका शास्त्रमा रहेर राजनीति नगर्न रिजालले चेतावनी दिएका हुन्। 

नागरिक अभियन्ता तथा पत्रकार नारायण वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो चेतावनी दिएका हुन्। 'नागरिक अगुवाका रुपमा चिनिएका नारायण वाग्लेज्यूले आईतवार बालुवाटार पुगेर ज्योतिषीलाई सफल देखाउन नेताहरु लागि परेका छन् भन्ने अभिव्यक्तिप्रति  गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,  'हजारौं बर्ष अघि लेखिएका शास्त्रमा रहेर राजनीति नगर्न सम्पूर्ण नागरिक अभियान्ता हरुलाई आग्रह गर्न चाहन्छु।'

उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री ज्योतिषीले बनाइदिएको नभइ ज्योतिष एउटा शक्तिशाली शास्त्र भएको जिकिर गरेका छन्।  

कमेन्ट लोड गर्नुस