सुदूर नेपाललाई विश्वसँग जोड्दै

निष्ट एलपिएल : हिमालयन ह्वाइट हाउस र लिटिल बुद्ध सेमीफाईनलमा

२०७५ मंसिर २, ०५:४०

धनगढीमा जारी तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगमा काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कुल र कञ्चनपुरको लिटिल बुद्ध सेमीफाईनलमा प्रवेश गरेका छन्। आजको खेलमा जित निकाल्दै दुवै टिमले अन्तिम ४ मा स्थान सुरक्षित बनाएका हुन्। आईतवार भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमीले मोक्षदा स्कुल काठमाडौँमाथि ८२ रनको जित निकाल्यो। टस हारेर व्याटिङको निम्तो पाएको लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनायो। उस्का लागि ब्याटिङमा रोशन साउद र शुशिल खड्काले ४६÷४६ रन बनाए भने ओपनर ब्याट्सम्यान हेमन्त कार्किले ३०, नरायण जोशिले १८ र हेमन्त धामिले १६ रन बनाए। बलिङतर्फ मोक्षदा स्कुल काठमाडाँैका सुबोध प्रशाद ढुङेलले ३, बिपिन खत्री र रोसन पुलामी मगरले समान १-१ विकेट लिए। 

१ सय ७९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मोक्षदा स्कुल काठमाडौले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ८१ रन बनाउन सक्यो। उस्का लागि ब्याटिङमा सन्दिप बिस्टले सर्वा्धिक ३४, रोशन पुलामी मगरले अविजित २५ रन बनाए पनि टिमलाई जित भने दिलाउन सकेनन्। बलिङतर्फ लिटिल बुद्धका बिबेक यादव र रोचक ऐरले समान २÷२,  हेमन्त धामी र हेमन्त कार्किले समान १÷१ विकेट लिए। लिटिल बुद्धका हेमन्त कार्की म्यान अफ द म्याच भए।

यस्तै आइतबार सम्पन्न लिग चरण को अन्तिम खेलमा हिमालयन ह्वाईट हाउस स्कुल काठमाडौले कैलाली मोडल स्कुल माथि ११० रनको फराकिलो जित निकालेको छ। उत्कृष्ट ब्याटिङ र बलिङ गर्दै फराकिलो जित निकालेको हिमालयन सेमिफाईनल प्रवेश गरेको छ भने पराजित भएको कैलाली मोडल प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको हिमालयन ह्वाईट हाउसले २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनायो। हिमालयनको लागी ब्याटिङमा अङ्कित शुबेदिले ४३ बलमा १० चौका र २ छ्क्का सहित सर्वा्धिक ७६, फ्रिदोस अन्सारीले अविजित ३२, अ्मित यादवले १६ तथा रमेश भट्ट र सन्जय श्रेष्ठले समान १३÷१३ रनको योगदान दिए। बलिङतर्फ कैलाली मोडलका कैलाश खत्रीले ३ तथा अजय बिष्ट र सुबोध ऐरले समान १÷१ विकेट लिए। 

हिमालयनले जितको लागी दिएको १८० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कैलाली मोडलले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ६९ रन बनाउन सकेको थियो। कैलाली मोडलको लागी ब्याटिङमा शुवास ऐरले मात्र दोहरो अङकको स्कोर बनाउन सकेका थिए। सुबोध ऐरले ११ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले अपेक्षित ब्याटिङ प्रदर्शन गर्न सकेनन। 
हिमालयनका फ्रिदोस अन्सारी, अमृत सिह र सुशान्त सिहले समान २÷२ विकेट लिएका थिए। हिमालयनका अंकीत सुवेदी म्यान अफ द म्याच भए।यसैबिच प्रतियोगिता अन्तर्गत लिग चरणको समीकरण पुरा भएको छ। लिग चरणमा सहभागी समुह बिजेता बन्दै सिद्धार्थ शिशु सदन कैलाली, लिटिल फ्लावर स्कुल धनगढी, लिटिल बुद्ध एकेडेमी कन्चनपुर र हिमालयन ह्वाईट हाउस सेमिफाइनल प्रवेश गरेका छ्न। प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलहरु मङ्सिर ३ गते हुनेछ्न भने फाईनल खेल अगामी ४ गते हुनेछ।
 

कमेन्ट लोड गर्नुस