सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानी प्रधानमन्त्री युएइ भ्रमणमा

। फोटो स्रोत ।
२०७५ मंसिर २, ०४:५०

पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुग्नु भएको छ। युएइका युवराज तथा सरकारी सेनाका उप सर्वोच्च कमाण्डर शेख मोहमद बिन जायद अल नायेडको निमन्त्रणामा उहाँ युएइ गएका हुन। प्रधानमन्त्री खानको भ्रमण टोलीमा विदेशमन्त्री, अर्थ मन्त्री, पेट्रोलियम मन्त्री, ऊर्जा मन्त्री र सल्लाहकारहरु पनि रहेका छन। युवराजसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री खानले दुई पक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दामा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। पाकिस्तानी प्रधानमन्त्री खानले युएइका प्रधानमन्त्री शेख मोहमद बिन रशिद अल मख्तुमसँग पनि भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्रीमा निर्वाचित भएपछि खानको यो दोस्रो युएइ भ्रमण हो। यसअघि उहाँले गत सेप्टेम्बर १९ मा युएइको भ्रमण गर्नुभएको थियो।
रासस
 
 

कमेन्ट लोड गर्नुस