सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा डुंगा दुर्घटनाः एकको मृत्यु, तीन बेपत्ता

२०७८ साउन १७, ०३:३० खबर संवाददाता

धनगढी: कर्णाली नदीका बेपत्ता भएका मध्ये एक जनाको मृत्यु भएकाे छ। कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएकाे स्थानीय शिक्षक पदमबहादुर भुलले बताए। धनसराको साथमा रहेका १ महिनाका छोरा कर्ण सलामी घाइते भएको शिक्षक पदमबहादुरले बताए। 

नदीमा बेपत्ता भएका अन्य ३ जनाको अवस्था अज्ञात रहेको छ। २० वर्षीया उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षीया पार्वती थापा बेपत्ता अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

आइतबार दिउँसो १२ बजे मोहन्याल गाउँपालिका–३ राँगा पलेखा नजिकै उनीहरु सवार डुंगा पल्टिएको थियो। उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गइरहेको स्थानीयले बताएका छन्।  डुंगामा सवार अन्य ५ जना भने पौडिएर बाँचेको प्रहरीले जानकारी दिएको छ। 

अहिले बपत्ता भएकाहरुको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस