सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारी उत्पीडनलाई चित्रकारितामा

२०७५ मंसिर २, ०४:१६

देही आर्टले पूर्वी नाकाको प्रवेशद्वार काँकडभिट्टाको देवकोटा पार्कमा दुईदिने चित्रकला प्रदर्शनी गरेको छ। हरेकवर्ष आयोजना हुँदै आएको कार्यक्रमको यो चौथो शृृङ्खला हो।     ‘अन्तस्करण’ शीर्षकमा भएको प्रदर्शनीमा देही आर्टका १७ जना प्रशिक्षार्थीको ४५ चित्रकला राखिएको आयोजक देही आर्टका प्रमुख एवं चित्रकार छितेन शेर्पाले बताए। पारिवारिक समस्या, नारी उत्पीडन र पीडालाई चित्रकारितामा सुन्दर ढङ्गले प्रस्तुत गरिएको परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपाल पोर्तेलले बताए। मेचीनगर–१० का वडाध्यक्ष ललित तामाङले देशी आर्ट, रिडर्स झापा र परिवर्तन थिएटर जस्ता संस्थाको सिर्जनात्मक गतिविधिले काँकडभिट्टाको प्रतिष्ठा बढेको बताए।     प्रदर्शनीमा राखिएका चित्र एक्रोलिक, वाटर कलर, पेन्सिल कलर र बल पेन्ट पोइन्ट प्रकृतिका रहेका छन् । शनिबारदेखि शुरु प्रदर्शनी आजसम्म चल्ने र अपरान्ह समीक्षा बैठक गरिने बताइएको छ।
रासस

कमेन्ट लोड गर्नुस