सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘ए’ डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै

। फोटो स्रोत ।
२०७५ मंसिर २, ०३:५४

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा क्म्प्लेक्स मैदानमा हुने हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबललाई पराजित गरेको थियो भने मछिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो। खेल हुनुअघि आज बिहान आयोजित ‘प्री म्याच कन्फ्रेन्स’मा पुलिसका प्रशिक्षक अनन्तराज थापाले मछिन्द्र क्लबलाई सहजरुपमा जित नदिने बताए। मछिन्द्र क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिले दशैँ–तिहारपछि मात्रै अभ्यास शुरु गरेकाले सोचेअनुसारको तयारी हुन नपाएको बताए।     यस्तै आजै हुने दोस्रो खेलमा ललितपुरका ब्रिगेड ब्वाइज क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ।
रासस
 

कमेन्ट लोड गर्नुस